देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बजेटपछि पनि शेयरबजार ओरालोतिर

देशान्तर

काठमाडौ । विगतमा लामो समयसम्म लगातार घटेको नेप्से आगामी आर्थिक वर्षको बजेट घोषणापछि पनि फेरि घट्न थालेको छ । बजेट घोषणा पछिको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले बढे पनि अहिले पुुनः नेप्से घट्न थालेको छ ।

साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से १३ दशमलव ७९ अंकले घटेर १३ सय पाँच दशमलव ६८ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव तीन अंकले अंकले घटेर दुुई सय ७८ दशमलव १२ विन्दुमा झरेको छ ।
एक सय ६६ कम्पनीहरुको नौ हजार आठ सय तीन वटा कारोबारमा २० लाख ७८ हजार ९१ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम ७५ करोड ३२ लाख ५७ हजार दुुई सय नौ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा नौ वटा समूहको सूचक घटेकाछन भने होटल र उत्पादनमूलक समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ७७ अंकले घटेर ११ सय ६२ दशमलव ८९ विन्दुुमा झर्दा बिकास बैंक समूहको सूचक पनि एक दशमलव २८ अंंकले घटेर १६ सय छ दशमलव ४७ विन्दुुमा झरेको छ ।