देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदुरपश्चिमले गण्डकी प्रदेशलाई हरायो

देशान्तर

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्दै सुदुरपश्चिमले पहिलो जित निकालेको हो ।

मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको ९० रनको सामान्य लक्ष्य सुदुरपश्चिमले २९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । सुदुरपश्चिमका लागि आकाश चन्दले अविजित २९ तथा नरेन्द्र साउदले अविजित २३ रन जोडे । लोकेश बमले १५ रन बनाए । बलिङतर्फ गण्डकीका किशोर महतोले ३ तथा बिपिन खत्रीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले २० ओभर ४ बलमा अलआउट हुदै ८९ रन बनाएको थियो । गण्डकीका लागि राहुल शर्माले ४१ तथा किशोर महतोले १४ रन बनाए । यस्तै आकाश थापाले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

गण्डकीलाई सस्तैमा समेट्न सुदुरपश्चिमका लागि बिनोद लामाले २५ रन खर्चेर ५ विकेट लिए । महेश अधिकारी र कप्तान शेर मल्लले २–२ विकेट लिए । जितसंगै समूह ‘क’ बाट सुदुरपश्चिमले ४ खेलबाट ३ अंक जोडेर प्रतियोगिता सकाएको छ । गण्डकी भने जित विहिन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । सुदुरपश्चिम समूहको चौंथो र गण्डकी पुछारमा रह्यो । यससमूहबाट प्रदेश ३ र एपीएफले सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।

अब बुधबार हुने प्रदेश ३ र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार हुने दोस्रो सेमिफाइनलमा एपीएफ र नेपाल पुलिस भिड्ने छन् ।