देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

यो बजेटले समृद्धि ल्याउदैन, अर्थतन्त्र डुबाउँछ : बिनोद चौधरी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले खर्चको भार थप्दै लगेकाले उठ्ने करले चालू खर्चसमेत धान्न नसक्ने अवस्थामा पुग्नु अर्थतन्त्रका लागि दुर्भाग्य आरोप लगाउनुभएको छ । नेपालका एक मात्रै डलर अर्बपति सांसद चौधरीले सरकारले बजेटमा ठोस योजना ल्याउन नसकेको आरोप लगाउनुभयो ।

अर्थमन्त्री डा. युवराज खतिवाडले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले मुलुक डरलाग्दो दुष्चक्रमा फस्न लागेको बताउनुभयो । उद्योगी चौधरीले बजेटको संरचना परिवर्तन गरेर विकास खर्च ६० र चालु खर्च ४० प्रतिशत हुनुपर्नेमा समेत जोड दिनुभयो ।

अर्थतन्त्रले धान्न नसक्ने गरी करका दर बढाउने र विश्वको सबैभन्दा बढी कर भएको मुलुकमा स्थापित गराउने काम भएको आरोप समेत चौधरीले लगाउनुभयो । मुलुकमा ९ खर्ब ५७ अर्ब रुपैयाँ चालु खर्च मात्र गर्ने गरेर पूर्वाधार निर्माण कसरी गर्ने भन्ने विषयमा सरकार गम्भिर नबन्नु मुलुकका लागि आर्थिक संकट आउन सक्ने समेत चेतावनी चौधरीले दिनुभयो ।