देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मौसमको खराबीले सगरमाथाको उचाइ नाप्न समस्या

देशान्तर

काठमाडौँ । पुगेको छ । नापी विभागका सर्भे अफिसर तथा सगरमाथाको मापन कार्यमा संयोजक रहेका सुशील डंगोलले अहिले मौसम खराब भएकाले काम गर्न केही अप्ठेरो भएको बताएका छन् ।

उनले काम सकेर फर्किएपछि संकलित तथ्यांकको प्रोसेसिङ्गको काम शुरु हुने बताए । उहाँले ५देखि ६ महिनासम्ममा सगरमाथा मापनको काम पूरा हुने बताउनुभयो । उनले अनुसन्धानकै सिलसिलामा नापिकै दुईजना प्राविधिक खिमलाल गौतम र रबीन कार्की सगरमाथाको शिखरमा पुगेर फर्किएको जानकारी दिए ।

नेपालको गौरवको रुपमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई आठ हजार आठ सय ४८ मिटर अहिलेसम्म मानिँदै आएको छ । तर, पछिल्लो समयमा भएका भौगर्भिक गतिविधिले गर्दा यसको उचाइ घटेको हुनुपर्ने अनुमान एकातिर भइरहेका छन् भने अर्कोतर्फ यसको उचाइ बढेको अनुमान गर्ने पनि छन् ।

नेपाली प्राविधिक टोलीको अध्ययनपछि वास्तविकता के हो भन्ने तथ्य सार्वजनिक हुनेछ । नापी विभागका अनुभवी इन्जिनियरहरुको टोली मापनको कार्यमा सक्रियताका साथ लागिरहेको छ ।