देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेतृत्वमा कार्यकर्ताको सुझाव नसुन्ने रोगले कांग्रेसभित्र तनाब

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसमा विधान अनुसार पार्टीलाई संघीय ढाँचामा लानुपर्ने दबाब बढेको छ । पहिलो चरणको राष्ट्रिय जागरण अभियान लिएर गाउगाउ गएका नेताहरुले पार्टीलाई विधान अनुसार संघीय ढाँचामा लानुपर्ने र पार्टीको १४ औ महाधिबेशनको तयारीमा लाग्न शीर्ष नेताहरुलाई कार्यकताले दबाब दिएको नेताहरुले बताएका छन ।

देशान्तर रेडियोसंग कुरागर्दै कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले सरकारको कार्यशैली प्रति जनता आजित भएकाले कांग्रेसलाई सुधारिएर आउन जिल्ल जिल्लबाट दबाब आएको बताए ।

उनले अहिले सरकराको नेतृत्व गरिरहेको नेकपाभित्र शीर्ष तहमै पदिय हैसियतमा बिबाद आएको र सरकार यहि ढंगले अगाडी बढेमा मध्यावधी निर्वाचनमा जान समेत पार्टी कार्यकर्ता र जनस्तरबाटै दवाब आएको बताए ।

कांग्रेसको काठमाडौँमा सम्पन्न महासमितिको बैठक पछि कार्यकर्तामा केहि आसा जागेपनि बहुमतबाट विधान पारित भएपछि नेतृत्व प्रति कार्यकर्ता निरास भएको जोशीको भनाइछ ।

कांग्रेसभित्र देखिएको गुटगत स्वार्थले पार्टीको संरचनालाई संघीयस्वरूप अनुसार लान नसकिएको भन्दै तल्लो तहका नेता कार्यकर्ताले गुनासो गरेपनि पार्टी नेतृत्वले भने यसलाई खासै महत्व दिएको छैन ।

कांग्रेस सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टी परिचालनका विषयमा सहमति नहँदा पार्टीका विभाग र संगठनहरु समेत गठन हुन सकेका छैनन् ।

संशोधित विधानअनुसार कांग्रेसको संरचना केन्द्रदेखि मतदान केन्द्रसम्म आठ तहको छ । जसमध्ये हाल केन्द्रको संरचना, जिल्ला संरचना र केही क्षत्रीय संरचनासहित केही मात्रै पालिका संरचनामात्रै क्रियासिल देखिएका छन ।

बाँकी प्रदेश संरचना पूरै रिक्त छन् भने पहिले रहेका निर्वाचन क्षेत्र समेत धेरै जसो स्थानमा हेरफेर भएपछि नेतृत्वविहिन अवस्थामा रहेका छन । गाउँपालिका संरचना समेत धेरै गाविस गाभिएर बनेपछि अन्योलकै अवस्थाबाट चल्दै आएको छ भने वडा तहको संरचनासहित अन्य संरचनासमेत अलमलकै अवस्थाबाट गुज्रँदै आएको भन्दै पार्टी नेतृत्वमा कार्यकर्ताको दवाब बढेको हो ।

कांग्रेस कार्यकर्ताहरुले विधानअनुसार सबै तहमा निर्वाचनमार्फत तत्कालै सबै संरचनाको पूर्ति गर्न सकिने वा संक्रमणकालीन व्यवस्थाअनुसार समेत रिक्त सबै संरचनाको पूर्ति हुनेगरी काम थल्न दबाब दिएका छन ।