देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पशुपतिनाथको सम्पत्ति एक अर्ब २९ करोड मात्रै !

देशान्तर

काठमाडौं । पशुपतिनाथ मन्दिरको नगद सम्पत्ति एक अर्ब २९ करोड रुपैयाँ रहेको पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले जनाएको छ ।

समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी चलरअचल सम्पत्ति सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो । पशुपतिनाथ मन्दिरको मूल ढुकुटीमा चल सम्पत्तिका रुपमा ९ किलो २ सय ७६ ग्राम सुन देखिएको पनि समितिले जनाएको छ ।

विसं २०१९ देखि २०७५ सम्मको सम्पती सार्वजनिक गर्दै समितिले मन्दिरको नाममा रहेको नगद मध्येबाट एक अर्ब अक्षय कोष निर्माणका लागि राखिएको जानकारी पनि गराएको छ । अचल सम्पत्तिका रुपमा मन्दिरको कोष मार्फत चार स्थानमा जग्गा रहेको देखिएको छ भने पशुपतिको नाममा दर्ता भएको जग्गा ३ हजार ६६७ रोपनी चार आना तीन पैसा देखिएको छानविन समितिले जनाएको छ । मितिले बुधबार नै पशुपति क्षेत्र विकास कोषलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदन बुझ्दै कोषका सदस्य सचिव डा. प्रदीप ढकालले कोषको सम्पतीलाई संरक्षण गर्न बिशेष ध्यान दिने बताउनुभयो । उहाले पशुपति क्षेत्रको बिकासका लागी पनि गम्भीर भएर लागेको जानकारी दिनुभयो । पशुपतिनाथको सम्पत्ति अध्ययन तथा छानबिन गर्न पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका डा मिलन कुमार थापाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।