देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

६५ बर्षमा वृद्धभत्ता दिन कांग्रेसको माग

देशान्तर

काठमाण्डौ । मुख्य बिपक्षी दल नेपाली कांग्रेसले ६५ वर्षमाथिका सबैलाई वृद्धभत्ता दिन सरकारसंग माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस कोषाध्यक्षसमेत रहेकी सांसद सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले ६५ वर्षमाथिकालाई वृद्धभत्ता दिन माग गरेका हुन्। अहिले ७० बर्षमाथिकाले वृद्धभत्ता पाउँदै आएका छन्। पूर्बबर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ७० बर्षको उमेरलाई ६५ वर्षमा झार्ने निर्णय गरेको थियो। तर ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता गरेपछि लागू भएको थिएन।

बिहीबारको शून्य समयमा बोल्दै कांग्रेस सांसद यादवले वृद्धभत्ता पाउने ७० वर्षको उमेरलाई ६५ वर्ष बनाउन माग गरिन्। कांग्रेस प्रमुख सचेतक खाँडले नेपालका ५२ जिल्लाका मानिसको औसत उमेर ६५ वर्षभन्दा तल भएकोले ७० वर्षलाई ६५ गराउन माग गरे।