काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोहि भोकै र नाङ्गै नभएको घोषणा गरिरहेका बेला धनगढी उपमहानगरपालिका—१२ सी गाउँकी कल्पना नेपालीले छोरा पाएको दुई महिना भित्रै ६ दिन भोकै बस्नु परेको छ ।
एक्लै घर चलाउँदै आउनुभएकी उनी एक महिना २३ दिन भएको छोरा पनि बिरामी अवस्थामै छ । हावाहुरीले झण्डै उडाएका एक छोरी र एक छोरालाई समातेर बचाउए पनि अहिले उनका नाममा गएको राहतमा समेत ओली सरकारले कूनियत देखाएको छ ।
प्रधानमन्त्रीले स्वीजरल्याण्डमा संवोधन गरिरहँदा र कोही नेपाली अहिले भोकै मर्ने अवस्था हटिसकेको भनिरहँदा घटनापछि डेढ महिनाको छोरा काखी च्यापेकी उनले खान, सुत्न नपाएको आफुले मात्र हैन उनका नावालक बच्चाहरु पनि नाङगै र भोकै छन् ।
हावाहुरी आउनुभन्दा पाँच दिन अगाडि मात्रै कल्पनाका श्रीमान नर नेपाली रोजगारीका लागि भारत गएका थिए । भारतमा श्रीमानले काम नपाएको र यता, आएको हावाहुरीले दुई कोठे घरको छानोलाई पुरै क्षति पुर्याउदा उनि विचल्लीमा छिन् तर, सरकारी अधिकारीहरुले भने त्यस्ता पिडितका लागि गएको राहतमै घोटला गरेका छन् ।
अहिले धनगढीमा कल्पनाको मात्रै होइन, धेरै सुत्केरी र महिलाहरुको हावाहुरीपछि बिजोग नै भएको छ । विनाशकारी हावाहुरीले कैलाली र कञ्चनपुर जिल्लामा करोडौँको क्षति भए पनि पीडितलाई तीन वटा सरकार भएको अनुभूति हुन सकेको छैन ।
देशमा तीन तहको सरकार भए पनि विपत्तिको समयमा सरकारहरु नै उदासीन बनेको गुनासो पीडितहरुले गरेका छन् । अहिले तत्काल आवश्यक राहतको व्यवस्थापनमा भने कसैको ध्यान गएको छैन । पीडितहरुले राहतका नाममा त्रिपाल पनि नपाएको गुनासो गर्दै आएका छन । खाद्यान्न सामाग्री पनि कसैलाई वितरण नगरेको जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएको छ । पीडित विन्द्रा कोलीले केही पनि नपाउँदा धेरै समस्या भएको छ ।
अहिलेसम्म केही पनि पाएका छैनौँ, कोही पनि आएका पनि छैनन् ‘कति दिन मागेर खाने हो ? अरुले माग्दा दिँदा पनि दिँदैनन् । उधारो पनि मान्दैनन् । राहतको नाममा हालसम्म दुई हजार चार सयभन्दा बढी त्रिपाल वितरण भएको छ । तर वडाध्यक्षको जिम्मा लगाइएका ती त्रिपालहरु पीडितको संख्या बढी र त्रिपाल कम हुँदा वितरण हुन सकेका छैनन् ।’
अन्य प्रदेशमा प्राकृतिक प्रकोप पर्दा सुदूरपश्चिम सरकारले सहयोग गरेपनि कैलाली र कञ्चनपुरमा हावाहुरीले जनधनको क्षति गर्दा कतैबाट पनि सहयोग प्राप्त नभएको हावाहुरी पीडितको दुखेसो छ । संघीय सरकार, अन्य ६ वटा प्रदेश सरकार र प्रदेशभित्रै रहेका स्थानीय तहले पनि पीडितलाई राहतको व्यवस्था गर्न सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भने राहतका लागि ११ करोड २९ लाख खर्च गर्ने भनेको छ तर अहिलेसम्म केही गरेको छैन । स्थानीय सरकारहरुले पनि पटक पटक अनुगमन गरेका छन् तर केही काम गरेका छैनन् । संघीय सरकारको त अझ अहिलेसम्म बोली समेत सुनिएको छैन ।
स्थानीय र प्रदेश सरकार घर आगनमै आएको भए पनि कैलाली कञ्चनपुरका हावाहुरी पीडितहरुले अहिलेसम्म त्यसको अनुभूति गर्न पाएका छैनन् । देशका अन्य भागका हावाहुरी पीडितलाई तत्काल राहत स्वरुप सहयोग गर्ने घोषणा गरेको प्रदेश सरकारले आफ्नै प्रदेशवासीका लागि निर्णय गर्न तीन दिन लगाएको तर पाउने आशा समेत नरहेको हावाहुरी पिडितहरुको गुनासो छ ।
सुस्त प्रदेश सरकार र हेपिएको सुदूरपश्चिम भएकै कारण केन्द्र तथा अन्य प्रदेश सरकारले राहतको घोषण समेत नगरेका प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता डा रणबहादुर रावलको आरोप छ ।





प्रतिक्रिया