देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आन्दोलन थेग्न नसक्ने भएपछि भाडा बढाउने निर्णय फिर्ता

देशान्तर

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा वृद्धिको निर्णय फिर्ता लिएको छ । चौतर्फी दबाबपछि सार्वजनिक यातायातमा बढाएको भाडा तत्काल कार्यान्वयन नगर्ने निष्कर्षमा विभाग पुगेको हो ।

विभागका प्रवक्ता तीर्थ खनालले सार्वजनिक यातायातको भाडा वृद्धिको निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय भएको कान्तिपुरलाई जानकारी दिए । असार १ देखि लागू हुनेगरी यातायात भाडा २० प्रतिशतसम्म बढाउने निर्णय गरिएको थियो ।

स्रोतका अनुसार कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा भाडा बढाउने निर्णयबाट विभाग पछि हटेको हो ।

महानिर्देशक कुमार दाहालले पनि चौतर्फी दबाब आएपछि भाडा वृद्धिको निर्णय फिर्ता लिएको स्वीकार गरे । उनले भने, ’सामाजिक सञ्जालदेखि चौतर्फी दबाब आयो, थप अध्ययन, अनुसन्धान गर्ने भएकोले निर्णय फिर्ता लिएका छौं ।’ उनले यातायात व्यवसायी र सरोकारवालासँग छलफलपछि भाडा बढाउने निर्णय गरेको पनि जिकिर गरे ।