देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुठी विधेयकबारे सत्तापक्ष–प्रतिपक्ष बिच फरक मत

देशान्तर

काठमाडौं ।  सकारले संसद्मा ल्याएको गुठी विधेयकमाथि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सांसदले आपत्ति जनाएपछि सत्तापक्षका सांसदले विधेयकको बचाउ गरेका छन्। कांग्रेस सांसद भीसेनदास प्रधान र मीना सुब्बाले गुठी विधेयकमाथि आपत्ति जनाउँदा नेकपाका सांसद कृष्णभक्त पोखरेल र मेटमणि चौधरीले गुठी विधेयकको बचाउ गरेका हुन्।

सरकारले गुठी विधेयकमार्फत ऐतिहासिक, पुरातात्वक महत्व, धर्म, संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको छ,’ बिहीबार बैठकको सुरुमै सांसद प्रधानले भने, ‘यो विधेयक तुरुन्तै फिर्ता होस्, सरोकारवाला, पुरातात्वसँग छलफल गरेर पुनः ल्याओस्।’ उनले विधेयक फिर्ता नगरे आन्दोलनमा उत्रनेसमेत चेतावनी दिए। गुठी विधेयक ‘अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि–१६९’ को भावनाविपरीत तथा नेपालको संविधानको धारा २९० को प्रतिकूल हुनेगरी गुठी विधेयक आएको दाबी गरे।

कांग्रेस सांसद मीना सुब्बाले गुठीको जग्गा प्राधिकरण रैकरमा परिवर्तन गर्ने व्यवस्था राखेको उल्लेख गर्दै विधेयकको दफा २२, २३, २४ र ५३ लाई खारेजीको माग गरिन्। प्रतिपक्षले विधेयकको विरोध गरेपछि सत्तापक्षधर नेकपा सांसद मेटमणि चौधरीले ४ लाख ४० हजार ९ सय ९० बिघा जग्गा गुठीको नाममा रहेकाले त्यसलाई व्यवस्थित गर्न सरकारले विधेयक ल्याएकोमा त्यो न्यायसम्मत र समानतामा आधारित रहेको उललेख गरे।