देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डेनमार्कमा कांग्रेसले ३३ देशका जनसम्पर्क समितिलाई प्रशिक्षण दिने

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले ३३ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमा आवद्ध नेता र कार्यकर्तालाई डेनमार्कमा प्रशिक्षण दिने भएको छ।

उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति, प्रशिक्षण प्रतिष्ठानले ३३ देशका नेता र कार्यकर्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो।
जुन २१ देखि २३ सम्म हुने प्रशिक्षणमा निधिसहित महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, गगन थापालगायत १६ जना सहभागी हुने कार्यक्रम छ।

‘यो पार्टीको आन्तरिक प्रशिक्षण मात्र होइन। नेपालको समृद्धिमा बाहिर रहेका नेपालीको भूमिका के हुन सक्छ भन्ने छलफल पनि हो,’ प्रवक्ता शर्माले भने।

बढ्दो तापक्रम र नेपालमा पर्ने प्रभाव, बदलिएको राजनीति दक्षिण एसिया र नेपाल, समाजबादको युरोप अनुभव र नेपाललगायत विषयमा छलफल हुने शर्माले बताए।

उपसभापति निधि र केन्द्रीय सदस्य रिजाल बिहीबार नै डेनमार्कका लागि उडिसकेका छन्।