देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीनकुने पुल निर्माणमा पप्पुको बदमासी, कारवाही गर्न निर्देशन

देशान्तर

काठमाडौं ।  संसदको विकास तथा प्रविधि समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माण ठेक्का लिएको पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।
शुक्रबार बसेको समिति बैठकले पुलको काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि पप्पुले अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।
निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारवाही गर्न निर्देशन दिएको छ ।

यसअघि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले पुल निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनपछि समितिले पुल ठेक्का लिने निर्माण व्यावसायीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
पप्पु बदनाम निर्माण कम्पनी हो । उसले कैयन निर्माणको ठेक्का लिएर ओगट्दै आइरहेको छ ।