देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गुठी विधेयक फिर्ता नगरे सरकार समस्यामा पर्नसक्छः योगेश भट्टराई

देशान्तर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले गुठी विधेयक फिर्ता लिन सरकारलाई अपिल गरेका छन् । माइक्रोब्लगिङ साइट ट्विटरमा ट्विट गर्दै भट्टराईले विधेयकका बारेमा सरकारले बुझाउन नसकेको र बुझ्नेले बुझ्न नचाहेको टिप्पणी गरेका छन् ।

उनले प्रतिपक्षी नेपाली कांग्रेसले गुठीको आन्दोलनको भुंग्रोमा रोटी सेक्न थालेको भन्दै सरकारले फिर्ता लिनु उपयुक्त हुने ठहर्याएका हुन् । उनले गुठी विधेयकः बुझाउनुपर्नेले बुझाउन नसकेको र बुझ्नुपर्नेले बुझ्न कोसिस नै नगरेको भन्दै अहिले अवस्थामा सरकार अगाडी बढे पार्टीलाई भविश्यमा ठूलो घाटा हुने बताएका छन् ।

उनले आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालिएकाले यसको शिकार सरकार बन्ने बताएका छन । प्रधानमन्त्री स्वदेश फर्किएको अवस्थामा सवै पक्षलाई मध्यनजर गरे र विधेय तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नुको किल्प नभएको भन्दै उाले फिर्तालिए उपयुक्त होला प्रधानमन्त्रीज्यू भनेर लेखेका छन् ।

विधेयकका विपक्षमा काठमाडौं उपत्यकाबाट निर्वा्चित सांसदहरु पनि एकट्ठा भएका छन् । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले त गुठियारलाई सामन्तवादी भनेकाले सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा नै दिनुपर्ने बताएका छन् ।

यसरी सत्तारूढ दल नै विभाजित भएपछि भट्टराईले विधेयक फिर्ता लिएर नयाँ शिराबाट अघि बढनु नै उपयुक्त ठहर्याएका हुन् ।