देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चार दिनदेखि उडान ठप्प हुँदा लुक्लामा २ सय यात्रु अलपत्र

देशान्तर

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान ठप्प हुँदा यात्रु अलपत्र परेका छन् । बिहानैदेखि बाक्लो हुस्सु र वर्षाका कारण शुक्रबारदेखि उडान हुन नसक्दा यात्रु अलपत्र परेका हुन् ।

सोमबार सात वटा उडान तालिका भए पनि सम्पूर्ण उडान रद्ध भएको विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । उडान प्रभावित हुँदा करिब २०० स्वदेशी तथा विदेशी यात्रु लुक्लामै अलपत्र परेको उनले बताए।

गएको बिहीबार ७ ओटा उडान मध्ये ३ वटा मात्रै विमान उडान भएपछि मंगलबारसम्म कुनै पनि उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटकले प्रयोग गर्ने विमानस्थलको विकल्प नहुँदा पनि यात्रुलाई समस्या भएको हो । केही यात्रु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डौ गएका छन् । लुक्लामा यात्रु रोकिएपछि यहाँका होटलमा चहलपहल बढेको छ ।