देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनकपुरका ग्यास सिलिन्डर पड्किएर आगलागी, तीन होटल जलेर नष्ट

देशान्तर

जनकपुर । धुनषाको जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा तीनवटा होटलमा क्षति भएको छ । तीन होटल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कदम चोकमा रहेको गोविन्द मिष्ठान्न भण्डारमा आगलागी भएको र त्यसका कारण ग्यास सिलिण्डर पड्किँदा आगोले ठूलो रुप लिएको हो । जसका कारण सँगै रहेको सियाराम मिष्टान्न भण्डार र एक होटलमा पनि आगो फैलिएको हो ।

एकै ठाउँमा रहेका आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासका सिलिण्डर बिस्फोट भएका हुन् । घटनामा मानवीय क्षति भएको छैन । आगो नियन्त्रणमा आएको छ । सुरुमा गोविन्द मिष्टान्न भण्डारमा विद्युत सर्ट भएर आगो लागेको थियो ।