एजेन्सी । विश्व चर्चित फुटबलर तथा ब्राजिलका स्टार खेलाडी नेमारले वर्तमान क्लब पेरिस सेन्ट जर्मन पीएसजी छाड्ने संकेत दिनुभएको छ । २०१७ मा नेमार बार्सिलोनाबाट नै विश्व कीर्तिमान मुल्य २२२ मिलियन यूरोमा पीएसजी जानु भएका नेमारले बार्सिलोना नै फर्किने संकेत देखाउनुभएको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार नेमारले पीएसजीका मालिक नासिर अफ खालिफीलाई अब आफू पीएसजीबाट खेल्न नसक्ने र आफ्नो पूरानै घर (बार्सिलोना) फर्कन चाहेको बताइसकेका कारण उहाँले जतिसक्दो छिटो पिएसजी छाडेर आफ्नो घर फर्किन सक्ने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले आँकलन गरेका छन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि पीएजसीबाट ५८ खेल खेल्दै ५१ गोल गरेका नेमारलाई पुनः क्लबमा हेर्न चाहेको प्रतिक्रिया दिएसँगै नेमार आफ्नो घर फर्किन थप हौसिएको स्रोतको बुझाइ रहेको छ ।





प्रतिक्रिया