देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रसुवागढी जलविद्युत् आयोजनाको रुङमा फसेका १७ कामदारको सकुशल उद्धार

देशान्तर

काठमाडौं । रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा एक्कासी सुक्खा पहिरो आएर फसेका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । राति साढे आठ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र अलपत्र परेका थिए । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दिएको जानकारीअनुसार सबैजनाको सकुशल उद्धार गरिएको छ ।

राति नै उद्धारको प्रयास भए पनि सम्भव नभएपछि बिहान मात्रै उद्धार गरिएको थियो । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार थुनिएका हुन् । काममै सुरुङभित्र ११ नेपाली र छ जना चिनियाँ कामदार थुनिएका थिए ।