देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रहरीको गोली लागी ज्यान गुमाएका विप्लवका नेताको विषयमा अनुसन्धान गरिने

देशान्तर

राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्यतथ्य अनुसन्धान गर्ने भएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गरी उक्त घटनाको सत्यतथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नं २ कार्यालयबाट आज टोली खटाइएको जानकारी दिनुभयो । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।