देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ईश्वर पोखरेलको भूमिकाप्रति पूर्वमाओवादी पक्षको आपत्ति

देशान्तर

काठमाडौँ  । गत वर्ष ३ जेठमा एकीकरण सम्पन्न भएलगत्तै असार पहिलो साता बसेको स्थायी समिति बैठकले मूल राजनीतिक प्रतिवेदन पारित गर्दै भाषिक शुद्धाशुद्धि मिलाएर प्रकाशन गर्ने गरी दुई अध्यक्षलाई जिम्मेवारी दिए पनि जारी नभएपछि नेकपाभित्र अन्योल देखिएको छ ।
लामो समयसम्म दस्ताबेज प्रकाशन नहुनुमा अध्यक्ष केपी ओली तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्ध शब्द र भूमिकाबारे असहमत रहेको पूर्वमाओवादी समूहले आशंका गर्दै आएको छ । ओलीकै बुझाइ र असहमतिअनुसार नेता ईशवर पोखरेलले जबज नै पार्टीको कार्यनीति रहेको भन्दै बहस सुरु गरेको भनी पूर्वमाओवादी समूहले आपत्ति जनाउँदै आएको छ ।

खरेलको घोषणापछि अध्यक्ष प्रचण्डले पार्टीको अन्तरिम कार्यदिशा जनताको जनवाद नै रहेको भन्दै नयाँ परिवेशमा अबको कार्यनीति समाजवादउन्मुख हुने बताउँदै आएका छन् ।