देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एम्बुलेन्स दुर्घटना हुँदा मन्थलीमा चालकको मृत्यु, १ गम्भीर

देशान्तर

काठमाडौँ  ।  रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आज बिहान खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नं को नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी निरिक्षक शेख अदालतका अनुसार दुर्घटनामा सिन्धुली खुर्कोटका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको मृत्यु भएको छ। चालकसँगै गएका सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचारका लागी धुलिखेल अस्पताल रिफर गरिएको छ।