देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

देशान्तर

काठमाडाैँ। कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना समुह ‘बि’ को उपविजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ। समूहचरणको अन्तिम खेलमा एसियन च्याम्पियन कतारलाई २–० ले पराजित गर्दा अर्जेनिटना नकआउटचरणमा स्थान बनाउन सफल रह्यो। अर्जेन्टिनाले अब सेमिफाइनल प्रवेश भिडन्तमा भेनेजुएलाको सामना गर्ने छ।

खेलको चौंथो मिनेटमा नै अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलमा अग्रता बनाएको थियो। कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गरेका थिए।

दोस्रो हाफको ८२ औं मिनेटमा सर्जियो अगुएरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दा अर्जेन्टिनाको जित सहज भयो। त्यस्तै अर्जेन्टिना आफ्नो नतिजा सँगै कालम्बीयाले पनि अर्जेन्टिना सापेक्षित नतिजा निकाल्यो।

उसले समुहमा सबै खेल जित्ने क्रममा पाराग्वेलाई १–० ले हरायो। कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे। लगातार तेस्रो जित दर्ता गरेको कोलोम्बिया अंक तालिकाको शीर्ष स्थानमा रहयो। ३ खेलमा ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा रहँदा २ अंक जोडेको पाराग्वे तेस्रो कतार १ अंकसहित पुछारमा रहयो।