काठमाडौँ । इटहरीका मेयर द्वारिकलाल चौधरीले महिलालाई अपमान हुनेगरी शब्द प्रयोग गरेको भन्दै इटहरीका २१ वटा सामाजिक संस्थाले कारबाहीको लागि माग गरेको छ ।
वेश्याबृत्ति नियन्त्रण गर्ने कार्यक्रममा महिलालाई अपमान हुनेगरी शब्द प्रयोग गरेको भन्दै चौधरीलाई फौजदारी अपराधमा कारबाही गर्न माग गर्दै समाजिक संस्थाहरुले मुख्यमन्त्री शेरधन राईलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् ।
चौधरीले पित्तृसत्तात्मक सोचले ग्रस्त भएर देशको संविधानको मर्म र फौजदारी संहिता बिपरित महिलाहरुलाई अपमानजक गाली गलौज गरेकोले उनलाई कारबाही हुनुपर्ने समाजिक संस्थाको माग छ ।
महिला सञ्जाल इटहरी, मानव अधिकार रक्षक परिषद इटहरी, मानव अधिकार रक्षक परिषद एक नम्बर प्रदेश, श्रमिक महिला साझा मञ्च सुनसरीलगायतका संस्थाले सो माग गरेका हुन् । संस्थाहरुले कारबाही माग गर्दै प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, महिला अयोग, जिल्ला प्रशासन कार्यालय र बिभिन्न राजनीतिक पार्टीहरुलाई पनि बोधार्थ दिएका छन् ।
मेयर चौधरीले ४ असारमा इटहरी उपमहानगरपालिका १६ र १७ मा आयोजित समाजिक बिकृती नियन्त्रण गर्ने कार्यक्रममा महिला बिरुद्ध आपत्तिजनक शब्द बोलेका थिए । सो शब्द बोलेको भन्दै सामाजिक सञ्जालमा समेत उनको चर्को आलोचना भएको भइरहेको छ ।
सबैले उनलाई सरकारले अभद्र व्यवहारमा मुद्दा लगाउनु पर्ने माग गरेका छन् । उनले केही दिनअगाडि प्रेस विज्ञप्ती जारी गरी माफी समेत मागेका छन् ।
पत्रकारलाई अपमान जनक व्यवहार गरेको बिषयमा पनि इटहरीका मेयर विवादमा आएका थिए । उनलाई पत्रकार महासंघले गठन गरेको मिसन टोलीले पनि उनको अभिव्यक्त्ति गैर संवैधानिक र अर्मा्दित भन्दै सच्चिन सुझाव दिएको थियो ।
त्यसको केही पनि पछि पुन मेयर चौधरील महिलाहरुलाई होच्याउने शब्द प्रयोग गरेका थिए ।





प्रतिक्रिया