देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोबाइल डाटाको शुल्क घटाउन एनसेललाई प्राधिकरणको निर्देशन

देशान्तर

काठमाडौँ ।  नियामक नेपाल दूरसञ्चार प्राधिकरणले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई डाटा इन्टरनेटको मूल्य घटाउन निर्देशन दिएको छ ।

नियमित प्याकबाहेकको मोबाइल इन्टरनेट डाटामा सरकारी कम्पनी नेपाल टेलिकमको तुलनामा ३ गुणा महँगो देखिएको भन्दै प्राधिकरणले एनसेललाई प्रतिएमबी २ रुपैयाँ कायम गर्न निर्देशन दिएको हो ।
यसबाट एनसेलको नियमित डाटा ट्यारिफ प्रतिएमबी ३ रुपैयाँ रहेकोमा एक रुपैयाँ सस्तिनेछ ।
जब कि टेलिकमको प्रतिएमबी १ रुपैयाँ ट्यारिफ दरमा नियमित डाटा बिक्री गर्दै आएको छ । प्रतिएमबी डाटाको मूल्य २५ पैसासम्म घटाउन सकिने भन्दै ट्यारिफ स्वीकृतिका लागि निवेदन दिएको एनसेललाई प्राधिकरणले एक रुपैयाँ घटाउन लगाएको हो ।