देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमा देउवा विरुद्ध मोर्चाबन्दी

देशान्तर

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहको भेला भएको छ । गोंगवुमा भएको भेलाले समयमा महाधिवेशन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेको छ । नुवाकोटका जिल्ला सभापति तथा पूर्वसांसद् जगदिश्वरनरसिंह केसीको निवासमा बसेको भेलामा पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सशांक कोइराला, सुजाता कोइरालालगायतका नेताहरु सहभागी रहेको बताइएको छ । भेलामा विधानको पालना गर्दै रिक्त संरचनाको तत्काल पदपूर्ति गरिनुपर्ने, समयमा महाधिवेशनका लागि सभापतिलाई दबाब दिनेलगायतका निष्कर्ष निकालेको छ ।
पार्टीलाई चलायमान र सशक्त बनाउन एकतावद्धका साथ अघि बढ्नु पर्ने जनाउँदै एक नेताले भने, ‘संगठनलाई बचाउन एकता आवश्यक छ तर सभापतिले नै एउटा गुटको नेतृत्व गरेपछि त्यसइतरका नेता गुटरहित भएर बस्न सक्ने अवस्था रहेन।
भापतिले पार्टीलाई एकतावद्ध बनाएर लैजान तयार भए आफुहरु पनि सहयोगी बन्न तयार रहेको जनाउँदै सहभागी नेताहरुले असार २२ देखि सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टी संगठनलाई सुदृढ बनाउन प्रभावकारीरुपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन्।