देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्रीको माक्स प्रकरणः यथार्थ नबुझि बोलेको भन्दै आलोचना

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन् । उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो ।

गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन । माक्स लगाएर हिँड्नुपर्दैन । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या माक्स लगाएर हिँड्थे । अहिले सडकमा मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’ प्रधानमन्त्रीले यस्तो भनेपछि कार्यक्रममा उपस्थित धेरैले हाँसो गरेका थिए ।

प्रधानमन्त्रीको भाषण पत्याउने हो भने उपत्यका धुवाँ र धुलोमुक्त भएकाले सडकमा माक्स लगाएर हिँड्नपर्ने अवस्था छैन् । तर, यथार्थ भने ठीक उल्टो छ ।

प्रधानमन्त्रीले हावादारी कुरा बोलेको भन्दै सामाजिक सञ्जालमार्फत चर्को आलोचना भएको छ । सडकमा हिँड्नेले पनि प्रधानमन्त्रीले यथार्थभन्दा बाहिर गएर बोलेको भन्दै आलोचना गरेका छन् ।

जोरपाटी, बौद्ध, चाबहिल, रत्नपार्क, कोटेश्वर, चक्रपथ, थानकोटलगायत सडकमा हिँड्दा वायु र धुलो–धुवाँजन्य प्रदूषणबाट बच्न माक्स लगाएर हिँड्नपर्छ। प्रधानमन्त्रीले वास्तविकताभन्दा टाढा गएर भाषण गरेको भन्दै सर्वसाधारण एकै स्वरमा भन्छन, ‘माक्सबिना त सडकमा हिँड्नै सकिँदैन ।’

उपत्यकाका धेरैजसो सडकलगायत संरचना बनिसकेकाले वायुप्रदूषण घटेको प्रधानमन्त्रीको दावी छ । पहिले बाइकमा पछाडि बस्नेलेसमेत माक्स लगाउदैनथे, अहिले धेरैले लगाउँदै आएका छन् ।

फोहोर, सवारीसाधनको धुवाँ र धुलोले वायुप्रदूषण हुन्छ । धुलोबाट बच्न मेडिकल माक्स (सेतो मास्क) उपयुक्त मानिन्छ । व्याट्री सिस्टमलगायत मंहगो खालको माक्स अझ धेरै उपयुक्त मानिन्छ। लुगाको माक्स भने राम्रो हुँदैन ।