देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

क्यान्सर बनाउने धातु काठमाडौंको धुलोमा

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गत शनिबार मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा व्यक्त मास्कसम्बन्धी धारणा अहिलेसम्म व्यापक चर्चामा छ । उनले भनेका थिए, ‘म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क लगाएर कोही पनि हिँड्दैनन् ।’
अध्ययनहरूले भने साँच्चै प्रधानमन्त्रीले भने जसरी काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने निश्कर्ष निकालेका छन् ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा बढी प्रदुषित छ । संसारका २९० शहरमध्ये काठमाडौं सातौं वायु प्रदुषित शहर हो ।

नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले हालै गरेको अध्ययन अनुसार काठमाडौंको धुलोमा क्यान्सर गराउने–स्मरण शक्ति घटाउने धातु फेला परेको छ । नास्टको विज्ञान संकायका वरिष्ठ वैज्ञानिक अधिकृत डा। भोजराज पन्त नेतृत्वको टीमले गत जेठमा गरेको अप्रकाशित अध्ययनले धुलोमा स्वास्थ्यलाई असर गर्ने विभिन्न धातु फेला परेको निश्कर्ष निकालेको हो ।

प्रतिग्राम धुलोमा औसतमा तामा ६।१ माइक्रोग्राम, फलाम ४१३० माइक्रोग्राम, निकेल १०।५ माइक्रोग्राम, शिशा २० माइक्रोग्राम र जस्ता ९जिंक० १२९ माइक्रोग्राम भेटिएको डा। पन्तले अनलाइनखबरलाई जानकारी दिए । उनको टोलीले काठमाडौं रिङरोडको २७ किलोमिटर दुरीका ४० स्थानबाट नमुना संकलन गरेको थियो ।
डा। पन्तका अनुसार नास्टले धुलोमा धातुको मात्रा पत्ता लगाउने उद्धेश्यले यो अध्ययन गरेको हो । यसका लागि गत जेठमा चालिस स्थानबाट नमुना संकलन गरिएको थियो ।

धुलो संकलन गरिसकेपछि त्यसलाई एसिडसँग डाइजेसन गराइएको थियो । तरल पदार्थमा मिसाएपछि धुलोमा भएको धातु तत्व निस्कन्छ । धातु तत्व पहिचान गर्न एटोमेटीक एकजवसन स्पेकट्रोमिटर ९एएएस० को प्रयोग गरिन्छ ।
रिङरोडका धुलोहरू एएएसमा राखेर परिक्षण गर्दा तामा, निकेल, फला, जस्ता र शिशा फेला परेको हो । त्यस मध्ये पनि फलामको मात्रा सबैभन्दा बढी आठ हजार १३५ मिलिग्राम भेट्टिएको छ । न्यूनत्तम तामाको मात्रा प्रति ग्राम धुलोमा ०।६ मिलिग्राम थियो ।

धुलोमा पाइने धातु मानव स्वास्थ्यका लागि हानीकारक अत्यन्त हानीकारक भएको चिकित्सकहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा। बाबुराम मरासिनी निकेलका कारण क्यान्सर लाग्न सक्ने बताउँछन् ।
अध्ययनमा समेटिएको क्षेत्रमा निकोलको मात्रा प्रतिग्राम धुलोमा २५।३५ मिलिग्रामसम्म फेला परेको छ ।

यस्तै, प्रतिग्राम धुलोमा शिशा ६७।५ मिलिग्रामसम्म भेटिएको छ । डा। मरासिनीका अनुसार शिशाले स्मरण शक्ति घट्ने, फुड पोइजनिङ जस्ता समस्या देखिने बताउँछन् ।

अध्ययन टोलीको नेतृत्व गरेका डा।पन्त शारीरिक थकान, रक्तअल्पता, मृगौला र स्नायुतन्त्रमा समेत फलामले असर पार्ने बताउँछन् । यस्तै, धुलोमा पाइने तामाले लिभरमा खराबी, घाँटीमा इरिटेसन गराउँछ । उनी जिंकका कारण पेट र आन्द्रामा जलन, जलवियोजन, वाक्वाकी, रिङ्टा लाग्ने जस्ता समस्या देखा पर्ने बताउँछन् ।