देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

११ दिनसम्म परेन बहुचर्चित चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा एउटै आवेदन

देशान्तर

काठमाडौं । चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन भन्दै गठित शक्तिशाली चिकित्सा शिक्षा आयोगको कार्यकारी प्रमुखमा आवेदन खोलिएको ११ दिनसम्म एकजनाको पनि उम्मेदवारी परेको छैन । आयोगको कार्यकारी प्रमुख रहने उपाध्यक्ष पदका लागि शिक्षा मन्त्रालयअन्तर्गतको नाम सिफारिस समितिले १५ दिनको समय राखेर ९ असारमा आवेदन माग गरेको थियो ।

स्रोतका अनुसार आयोगमा तोकिएको उमेर हदबन्दी, उपाध्यक्ष भइसकेपछि पुनारो काममा फर्किन नपाइने र विस्तृत कार्ययोजना प्रस्तुत गर्नुपर्नेजस्ता व्यवस्थाका कारण उपाध्यक्ष पदमा आकर्षण नदेखिएको हो । सिफारिस समितिले ऐनमा भएको व्यवस्थाअनुसार ६१ वर्ष उमेर ननाघेको र चिकित्सा शिक्षा आयोगसँग कुनै स्वार्थ टकराव नभएको व्यक्ति हुनुपर्ने योग्यता तोकेको छ ।