देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र कमजोर हुने क्रम चलिरहने

देशान्तर

काठमाडौँ, असार २१ । असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन ट्र«स्ट भारतको मध्य भू–भागमै रहेको छ । “उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ”, मौसविद् पोखरेलले भन्नुभयो ।

जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकमत तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । (रासस)