देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं उपत्यकामा भोलिसम्म बाढीको खतरा

देशान्तर

काठमाडौं ।           जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म काठमाडौं उपत्यकामा बाढीको खतरा रहेको जनाएको छ । वाग्मती नदीको जलाधार क्षेत्रमा समेत वहाव बढ्ने र काठमाडौ उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार समेत गर्न सक्ने जनाइएको छ । आज देशैभरी मनसुन थप सक्रिय हुने र आगामी तीन दिन प्रमुख नदीहरु कोशी, गण्डकी र कर्णालीमा वहाव सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको छ ।

बाँकी मझौला तथा ससाना नदी तथा उपजलाधारहरुमा सतर्कता बढाउनुपर्ने समेत महाशाखाले जनाएको छ । आज राति पछि धेरै ससाना खोलानालाहरुमा बहाव सतर्कता तह आसपास हुने समेत महाशाखाले जनाएको छ ।