देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ब्राजिलले जित्यो कोपा अमेरिका, पेरू ३-१ ले पराजित

देशान्तर

काठमाडाैँ । आयोजक ब्राजिलले ४६ औं संस्करणको कोपा अमेरिकामाथि कब्जा जमाएको छ। नेपाली समय अनुसार सोमबार सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३-१ गोलले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

फाइनलमा ब्राजिलले खेलको पहिलो हाफको १५ औं मिनेटमा एभरटनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ४४ औं मिनेटमा पेरूले बराबरी गोल फर्काएको थियो। सो बराबरी गोल पाओलो गुरेरोले पेनाल्टीमार्फत गरेका हुन्।

तर ब्राजिलले यो बराबरीलाई धेरै बेर टिक्न दिएन। पहिलो हाफको अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै बाजिलले पहिलो हाफ २-१ ले आफ्नो पक्षमा पार्‍यो। त्यसपछि ब्राजिलले टोलीका लागि तेश्रो गोल खेलको अन्तिम समयमा गर्‍यो। खेलको ९० औं मिनेटमा सो गोल रोचारलीसनले पेनाल्टीमार्फत गरे।

तेश्रो गोल गर्नुअघि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो। खेलको ७० औं मिनेटमा दोहोरो पहेलों कार्ड खाँदै ग्याब्रियल जिससले मैदान छाड्नुपरेको थियो। ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको यो ९ औं पटक हो।