महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट ग्रिल उप्काएर गएराती तीन जना थुनुवा भागेका छन ।
जाउलाखेल बृतमा राख्नु पर्ने उनीहरुलाई ठाँउ अभावका कारण भैंसेपाटी बृतमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीले फरार रहेकाहरुको खोजीकार्य जारी रहेको जनाएको छ ।भागेकामध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषध मुद्दामा थुनिएका थिए ।
हिरासतबाटै थुनुवा भाग्दा प्रहरीले दिने सुरक्षामा गम्भिर प्रश्न उब्जिएको छ ।
घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिए । उनका अनुसार फरार भएकाहरुको खोजी कार्यलाई तिब्र पारिएको छ ।
यसका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गरी छ ।





प्रतिक्रिया