काठमाडौं । अबिरल वर्षापछि आएको बाढी र पहिरोले घर पुरिँदा काभ्रेको बनेपामा दुई जनाको मुत्यु भइको छ । २ जना घाइते भएका छन् ।
बनेपा नगरपालिका–३ चुनतालमा पहिरोले घर बगाउँदा गोमा दंगाल र उहाँकी नातिनीको मत्यु भएको छ प्रहरीले जनाएको छ । घटनास्थलतर्फ अहिले प्रहरीको टोली गइरहेको छ । उता प्रदेश १ मा दुईजना बगाएको छ । प्रदेश १ का प्रहरी प्रवक्ता एसएसपी किशोरकुमार दाहालका अनुसार इटहरीमा स्थानीय सुकुमारी खोलाले बगाएर उदयपुरका अन्दाजी ३५ वर्षिय सागर थापाको मृत्यु भएको छ भने मोरङ्गको कानेपोखरीमा गेउरिया खोलाले अन्दाजी ३५ वर्षका एक पुरुषलाई बगाएको छ । उनीहरु दुवै जनाको खोजी कार्य भइरहे पनि पत्ता नलागेको दाहालले जानकारी गराएका छन् ।





प्रतिक्रिया