काठमाडौं । श्रीलंकाका लागि नेपालका राजदूत प्रा.डा.विश्वम्भर प्याकुरेलले सरकारले आफ्नै राजदुतहरुमाथि जनवारको जस्तो व्यवहार गरेको बताएका छन् । उनले आफ्नै देशको प्रशासनिक नेतृत्वले राजदूतलाई जनावरजत्ति पनि महत्व नदिएकोले चित्त दुखेर राजीनामा दिएको बताए ।
उनले आफु राजदुत भएर गएपछिका २४ महिनामा २४ वटा प्रतिवेदन बुझाएको, पटक पटक इमेल लेखेको तर नेपाल सरकार र विभागिय मन्त्रालयबाट कुनै पनि जवाफ नआएको बताएका छन् । प्इाकुरेलले डेढ महिनाअघि दिएको राजीनामा अहिले आर स्वीकृत भएको बताएका छन् ।
उनले नेपाली करदाताको रकमबापतको तलब खाएर बसिरहन मन नलागेर राजीनामा दिएको उल्लेख गर्दै नेपालमा व्यस्त रहेको व्यत्तिले ह्युमिलिएसनमा बसेर काम गर्न नसक्ने अवस्था आएपछि राजिनामा दिएको बताएका छन् ।
उनको राजीनामा गएको मंगलबार सरकारले स्वीकृत गरेको हो । उनले आफ्नो राजीनामा स्वीकृत भएको गएको शुक्रबार थाहा पाएको बताए । आफूलाई श्रीलंकामा उच्च महत्व दिइएको जनाउँदै श्रीलंकाका विदेशमन्त्री आफूलाई भेट्न आउने गरेको र कर्मचारीहरुले पहिलोपटक यस्तो देखेको भनेर आश्चर्य मानेको उल्लेख गर्दै प्रा.डा. प्याकुरेलले आफ्नो देशमा भने कुनै कुराको सुनुवाइ नभएकोमा आफ्नो चित्त दुखेको जनाएका छन् ।
उनले श्रीलंकामा गएको अप्रिल २१ तारेखमा भएको बम विस्फोटको संसारभर चर्चा भएपनि त्यहाँ रहेका नेपालीको अवस्था के छ भन्ने बारेमा परराष्ट्र मन्त्रालयले कुनै चासो नदेखाएको बताए ।
उनले आफूले सह्य नभएर राजीनामा दिएको चर्चा गर्दै अरु देशमा रहेका नेपाली राजदूतको हालत पनि त्यस्तै भएको बताए । आफूले कुटनीति रामै्र रुपमा चलेको होला भन्ने ठानेकोमा अहिले आफूले भोगेपछि वास्तविकता थाहा पाएको जनाए ।
उनले आफूसँगको कुराकानीमा अरु देशमा रहेका राजदूतले पनि त्यस्तै अप्ठेरो अनुभूति सुनाएको तर उनीहरुले छोड्न नसकेको बताए । पहिला आइहालियो । मैले परराष्ट्रमन्त्रीलाई पहिला पनि अप्ठेरो छ भने मलाई फिर्ता बोलाउँदा पनि हुन्छ भनेको थिएँ । तर, फिर्ता बोलाइएन । तर काममा कुनै सहयोग नपाएपछि काम गर्न मन नलागेर छोडेको हुँ,’’ डा. प्याकुरेलले भने ।
आफूले चार दशकदेखि विश्वविद्यालयमा पढाएको उल्लेख गर्दै नेपालमा आएर अब स्वतन्त्र रुपमा काम गर्ने उल्लेख गरे । आफू राजदूत हुनुभन्दा अघि पनि विश्व बैंकको सल्लाहकारको रुपमा काम गरेको उल्लेख पनि गरेका छन् । मलाई नपुग्दो केही थिएन । तर त्यस्तै परेर आइयो । तर कुकुर बिरालोजत्तिको पनि मान्यता आफ्नै देशबाट नपाउँदा ग्लानि भएर राजीनामा दिएँउनले भनेका छन् ।
डा. प्याकुरेल शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारका पालामा राजदूत नियुक्त भएका हुन् । त्यतिबेला नियुक्त भएमध्ये अन्यलाई यसअघि सरकारले फिर्ता गरेकोमा जापानका लागि नेपालका राजदूत प्रतिभा राणा र श्रीलंकाका लागि राजदूत प्याकुरेल मात्रै काम गर्दै आएका थिए । तर, प्याकुरेललाई असहयोग भएपछि उनले अहिले राजीनामा दिएका हुन् ।





प्रतिक्रिया