काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण मुलुकका विभिन्न स्थानमा ६० जनाको मृत्यु भएको छ । बाढी पहरोमा परी ज्यान गुमाउने ६० जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीकाे विवरणअनुसार देशभर ३६ पुरुष र २४ महिला गरी ६० जनाको मृत्यु भएको हो भने ३८ जना घाइते भएका छन् । जसमा २१ जना पुरुष र १७ जना महिला रहेका छन् ।
बाढी र पहिरोमा परेर तीनदिनमा २६ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । १४ जना पुरुष र १२ जना महिला बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोको विपत्तिमा परेका एकहजार ४४४ जनाको सकुशल उद्धार गरिएको छ ।
(मृतकको नामावली )





प्रतिक्रिया