देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा लोकसेवाको विज्ञापनविरुद्ध आज पनि प्रदर्शन

देशान्तर

लोकसेवा आयोगको विज्ञापनविरुद्ध आन्दोलनरत विभिन्न समुदायले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन तथा सभा गर्ने भएका छन्। आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अपांगता भएकाहरुको संघसंस्थाको अगुवाइमा विरोध प्रदर्शन तथा सभा हुने भएको हो। नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरुले मंगलबार काठमाडौंका विभिन्न ठाउँबाट बिहान ११ बजे प्रदर्शन निकाल्ने तयारी गरेका छन्। बानेश्वर, थापाथली, भृकुटीमण्डपमा प्रदर्शन गरी माइतीघर मण्डलामा बृहत् सभा हुने नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए। स्थानीय तहका कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापनमा समावेशी कोटा खारेज गरिएको भन्दै विभिन्न समुदाय संवद्ध ‘आरक्षण बचाऔँ आन्दोलन समिति’ले विरोधका कार्यक्रम गर्दै आएको छ। विरोधका बाबजुद पनि सर्वोच्च अदालतमा परेको रिट सुनुवाइको क्रममा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेपछि कर्मचारीको भर्नाको प्रकृया अगाडि बढेको छ। आन्दोलनरत पक्षले भने सो विज्ञापन खारेज गर्नुपर्ने माग गर्दै आगामी साउन २ र १० गते दुई दिन नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ।