देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फेसबुक र भाइबरबाट एकै महिनामा लाखौँ ठग्ने ३ जना पक्राउ

देशान्तर

सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । उनीहरुलाई आज बिहान काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वडा नं १६ नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौँ क्षेत्रपाटी बस्ने महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख र नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन छन् ।

मोबाइल ह्वाट्स एप, इमो, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जालमा फेसबुक पेज बनाई विदेशबाट ब्राण्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी, शृङ्गारलगायतका सामान सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरेका उनीहरुले एक महीनाको समयमा रु ८० लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाले जनाएको छ ।