काभ्रे । आफ्नै सासु आमा ६२ वर्षीया माईलीमाया तामाङलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धुलिखेल नगरपालिका(१ देविटार बस्ने मृतककी जेठी बुहारी २४ वर्षीया सुन्तली तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विबादको कारण सुन्तलीले सासु आमा माईलीमायालाई कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएकोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले सुन्तली तामाङ र मृतकको छोरा ३५ वर्षीय धावा तामाङ समेतलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया