देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रुपन्देहीमा ५ वटा बुद्धमुर्ति तोडफोड

देशान्तर

काठमाण्डौ । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ ।

सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले जानकारी दिए । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो ।

गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए ।उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।