नेपाल–भारत अन्तर्राष्ट्रिय सिमाना दसगजामा रहेका कपिलवस्तु जिल्लास्थित सदूर पश्चिम–दक्षिणका चारवटा सीमास्तम्भलाई बाढीले ढालेको छ। गत असार २६ गते परेको अविरल वर्षापछि आएको बाढीले ढालेको हो।
विजयनगर–७ ठकुरापुरस्थित चरगाहवा नदीमा आएको बाढीले सीमास्तम्भ ९पिलर० ढालेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेयले बताए। उनले नेपाल–भारत सिमाना कपिलवस्तुको पश्चिम–दक्षिण भेगबाट बग्ने चरगाहवा नदीमा यसै वर्ष बनाएका५७७र७, ५७७र९, ५७८र७ र ५७८र१० नम्बरका पिलरहरू नदीको बाढीले क्षतिग्रस्त भएको बताए। नेपाल–भारत सीमा सर्भे टोली–३ ले यसै वर्ष सो क्षेत्रमा बनाएका तीन सय ६ वटा पिलरमध्ये कपिलवस्तु खण्डमा बनाइएकामध्ये भारतले बनाएको दुईवटा र नेपालले बनाएको दुईवटा पिलरहरू ढलेका हुन्। नेपाल–भारत सीमा सम्झौताअनुसार नेपालले बिजोर नम्बरका र भारतले जोर नम्बरका पिलरहरूको मर्मत तथा निर्माण गर्ने कार्य गर्दै आएका छन्।
सिमानामा सीमा सुरक्षा एवं पिलरहरूको रेखदेखको काम नेपालले सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय र भारतले सीमा सुरक्षा बल ९एसएसबी० लाई मुख्य जिम्मेबारी दिएको छ। कमसल सामग्री प्रयोग गरेका कारण बाढीले पिलरलाई सहजै ढालेको विजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीले आरोप लगाए।





प्रतिक्रिया