देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘बाढीपीडितलाई राहत दिलाउन प्रदेश सरकार अग्रसर’

देशान्तर

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्मा परेका बाढीपीडितलाई राहत दिलाउन आफू स्वयम् अग्रसर भई लागिपरेको बताउनुभएको छ । आज गौशालामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले बाढीपीडितका लागि प्रदेश सरकारले विभिन्न चरणमा राहतका कार्यक्रम ल्याएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारबाट तत्काल प्रत्येक जिल्लामा राहत वितरणका लागि रु १०÷१० लाख छुट्याइएको छ भने मृतक परिवारका लागि रु तीन÷तीन लाख उपलब्ध गराइने जनाउँदै सङ्घीय समाजवादी फोरम नेपालका प्रदेश सदस्यहरुले पीडितलाई राहत दिन आधा महीनाको तलब दिने घोषणा गरेको मुख्यमन्त्री राउतले बताउनुभयो ।

तत्कालै बाढीपीडितलाई पिउनका लागि शुद्ध पिउने पानीको व्यवस्थापनका लागि हरेक जिल्लामा निर्देशन दिइएको मुख्यमन्त्री राउतले जानकारी गराउनुभयो । उहाँले प्रदेशलाई महिलामैत्री बनाउन यहाँका हरेक क्षेत्रमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताउनुभयो ।