देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ जनजाती महासंघको बन्दले प्रभावित

देशान्तर

नेपाल आदिवासी जनजाती महासंघले आह्वान गरेको प्रदेश नं १ बन्दले शनिबार बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । सडकमा यात्रुबाहक सवारी साधन फट्टफुट्ट चलेका छन् भने बजार आंशिक खुलेका छन् ।

संविधानले व्यवस्था गरेको लोकसेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै शुक्रबार महासंघ झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको थियो ।

लोकसेवा आयोगले स्थानीयतह र प्रदेशका लागि ९ हजार एकसय २६ जना निजामती कर्मचारीका लागि आह्वान गरेको विज्ञापनमा आरक्षण ४५ प्रतिशत हुनु पर्नेमा २३ प्रतिशत मात्र राखिएको प्रति महासंघले आपत्ति जनाउँदै प्रदेश बन्दको आह्वान गरेको हो ।

महासंघमा आवद्ध भएकाहरुले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको शुक्रबार बेलुका बिर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरेका थिए ।