देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वीपी स्मृतिमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न नेविसंघ नेता रौतहटमा

देशान्तर

गौर । नेपाल विद्यार्थी संघले रौतहटका बाढि प्रभावितहरुका लागि निशुल्क स्वस्थ्य शिविरको आयोजना गरेको छ । जननायक वीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा बाढि प्रभावितका लागि स्वास्थ्य शिविरको आयोजना गरिएको नेपाल विद्यार्थी संघका नेता दिपक भट्टराईले जानकारी दिए । रौटहटको गढिमाई नगरपालिका–३ लक्ष्मीपुरमा नेपाल विद्यार्थी संघले एकदिन स्वास्थ्य शिविर आयोजना गरेको हो ।

नेपाल बिद्यार्थी संघका नेताहरु मनोजमणी आचार्य, प्रतिमा गौतम र दिपक भट्टराईको टोली स्वास्थ्य सामग्री तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको टोली रौतहट पुगेको हो । रौतहटको लक्ष्मीपुर वाग्मतिको बाँध भत्किएर सवैभन्दा बढि प्रभावित क्षेत्र हो । नेपाल बिद्यार्थी संघले नेपाल विद्यार्थी संघका स्थानीय नेता कार्यकर्ता तथा प्रजातान्त्रिक विचार केन्द्र रौतहटको संयोजनमा स्वास्थ्य शिविर संचालन गरिएको नेविसंघका निबर्तमान केन्द्रीय सदस्य भोला नेपालले जानकारी दिए । दुखमा परेको मधेशका जनतासँग वीपी स्मृतिको दिन दुख बाड्नका लागि नेपाल विद्यार्थी संघ रौतहट पुगेको नेता भट्टराईले जानकारी दिए । उनका अनुसार शिविरमा बाढि प्रभावित क्षेत्रमा महामारी रोक्न तथा बाढिका कारण हुने विभिन्न संक्रमणबाट प्रभावितलाई बचाउनका लागि स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

सो शिबिरमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रज्वल घिमिरे, सागर पन्त, सागर अधिकारी, गोपाल खनाल, नारायण कणेल, भुषण श्रेष्ठले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य शिबिरमा जचाउन आउनेहरुको संख्या अधिक रहेको छ । गरिब, बिपन्न बर्गका बासिन्दाले सो शिबिर बाट लाभ लिएका छन ।

स्वास्थ्य शिबिरमा रौतहट क्षेत्रनम्बर ४ का प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिना, प्रदेश सभासदस्य धनलाल ठोकर, गडिमाई नगरपालिकाका प्रमुख श्यामप्रसाद यादब, बृन्दाबन नगरपालिकाका प्रमुख रामस्नेही यादब नेपाल बिद्यार्थी संघका नेताहरु आचार्य, भट्टराई, गौतम, पबन नेपाली, कल्पना खडका, भोला नेपाल, सुबास कोईराला, सुमन गौतम लगायतको उपश्थित रहेको थियो । कार्यक्रममा नेपाली काग्रेस रौतहटका सभापति श्रीकृष्ण यादब लगायतको सहभागितामा बाढि पीडितहरुको स्वास्थ्य जाँच डाक्टरहरुले गरेको जनाइएको छ । शिबिरमा जचाउन आउने बिरामीहरु लाई रोगअनुसारको निशुल्क औषधी बितरण गरिएको छ ।