देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेबिसंघद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण

देशान्तर

काठमाडौं । मनसुन सुक्रिय भएसँगै बाढी, पहिरोको समस्याका कारण पीडित बनेकाहरुको उद्धार तथा राहत वितरणमा सक्रिय हुँदै आएका नेविसंघका नेता तथा कार्यकर्ताहरु बिपि स्मृति दिवसको अवसर पारी रौतहट पुगेका छन् । उनीहरुले सोमबार रौतहटको गढिमाई नगरपालिका–३ (लक्ष्मीपुर)मा राहत वितरण गरे । नेबिसंघको निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा पुगेको टोलिले लक्ष्मीपुरमा राहत बितरण गरेको हो।

लक्ष्मीपुरको २०० परिवारलाई प्रती परिवार त्रिपाल १ थान, चामल १ बोरा, तेल, चाउचाउ, बिस्कुट र लत्ताकपडा बितरण गरिएको नेबिसंघ निवर्तमान केन्द्रिय सदस्य नवाराज त्रिपाठीले बताए । राहत बितरणमा नेपाली काङ्ग्रेसका स्थानीय नेताहरुको समेत उपस्थिति रहेको र राहत सामग्री १ हप्ता अगाडि देश भरीका विभिन्न क्याम्पसहरुबाट संकलन गरिएको नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए ।

राहत संकलनमा सहयोग पुर्याउने सम्पुर्णलाई पूर्व महामन्त्री काफ्लेले बिज्ञप्तिमार्फत धन्यबाद ज्ञापन गरेका छन् ।