गुल्मी। अविरल वर्षाका कारण गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ । गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा अविरल बर्षा पछिको पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र २ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गाउँपालिकामा वडानम्बर ४ भिरकुनाका २५ बर्षीय पम्फा बि.क., मंगली भन्ने निर्मला बि.क., अन्जली बि.क., हेमन्त बि.क., सिमनी बि।क। र छली बि.क.को मृत्यु भएको छ। त्यस्तै वडा नम्बर ३ ठुलो लुम्पेक तिला तरामु र ९ बर्षीय दर्शन तरामुको मृत्यु भएको छ ।
पहिरोमा परी मृत्यु भएको सचारप्रति नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले दुख व्यक्त गरेका छन् । मंगलबार नेता भण्डारीले गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा १० जनाको ज्यान जानेगरी भएको घटनाप्रति दुख व्यक्त गर्दै उद्दारमा जुट्न सबैसँग आग्रह पनि गरेका छन् ।
सो घटनापछि उनले आफ्ना कार्यकर्ताहरुलाई उद्दारमा जुट्नको लागि निर्देशन दिनुका साथै सरोकारवाला निकायहरुलाई पीडित परिवारको उद्दार तथा खोजी कार्यलाई तीब्रता दिन पनि आग्रह गरेका छन् ।





प्रतिक्रिया