देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस लिएको आरोपमा प्रहरी नै पक्राउ, कारण सुनेर उनलाई पक्राउ गर्ने प्रहरी चकित

देशान्तर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवाललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

प्रहरी जवान कटुवालले काँकडभिट्टा–काठमाडौँ चल्ने गाडी सञ्चालनमा सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले पक्राउ गरेको हो । आयोगको इटहरी कार्यालयबाट गएको टोलीले घुससहित जवान कटुवाललाई सोमबार पक्राउ गरेको भए पनि आज सार्वजनिक गरिएको हो । आरोपी कटुवालको थप अनुसन्धान भइरहेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।