देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा अध्यक्ष ओली र दाहाललाई योगेश भट्टराईका पाँच सुझाव

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा कार्यविभाजनलाई लिएर भइरहेको विवाद र सकसलाई पार लगाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले पाँच सुझाव दिएका छन्। नेकपामा स्कुल विभागमा तीन नेताले दाबी गरेसँगै कार्यविभाजन हुन सकिरहेको छैन।
सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल तथा स्थायी कमिटी सदस्य घनश्याम भुषालले उक्त विभागको नेतृत्त्व आफूले गर्न पाउनुपर्ने माग गरेका छन्।

यसैलाई लिएर अध्यक्षद्वय अनिर्णित बनेका छन्। यसैबीच नेता भट्टराईले सामाजि संजाल फेसबुकबाट अध्यक्षद्वयको ध्यानाकर्षण स्वरुप जिम्मेवारी दिँदा पाँच विषयमा ख्याल गर्न भनेका छन्।

योगेशका सुझाव

१- कुनै पनि व्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा जिम्मेवारी दिऊँ।

२- कुनै पनि व्यक्तिलाई स्थायी रूपमा कुनै जिम्मेवारी नदिऊँ। हरेक वर्षमा सबैको जिम्मेवारी हेरफेर गरौँ।

३- पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र छन। रोटेसनका आधारमा एउटा व्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अवसर दिऊँ।

४- प्रत्येक व्यक्तिको कार्य मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊँ। हरेक वर्ष व्यक्तिको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरौँ। त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने पारिपाटी बसालौँ।

५ – कुनै पनि व्यक्तिलाई तोकिएको जिम्मेवारी उसलाई बिर्ताका रूपमा दिएको होइन भन्ने कुरा बुझौँ र बुझाऔँ।