देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बडी विल्डीङका विजेताहरुलाई राजेशबाबुद्वारा नगद पुरस्कार

देशान्तर

काठमाडौं । नेपाल शारिरीक सुगठन फिटनेश संघले आयोजना गरेको तेस्रो संस्करणको ‘साउथ एशियन बडी विल्डीङ एन्ड फिजिक स्पोर्ट’ च्याम्पियनसिप २०१९ सफलतापूर्वक सम्पन्न भएको छ ।

१८ विधामा प्रतिस्पर्धा भएको यस प्रतियोगितामा नेपालले ३ स्वर्ण ७ रजत र ६ कास्य हात पार्दै दोस्रो स्थान हासिल गर्न सफल भयो । अफगानिस्थान प्रथम र छिमेकी मुलुक भारतले तेस्रो स्थान हासिल गरे ।

प्रतियोगिताहरुमा नेपालको नाम उच्च राख्न सफल खेलाडिहरुलाई यस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले व्यक्तिगत तर्फबाट स्वर्ण पदकधारी खेलाडीलाई ५० हजार, रजतलाई ३० हजार एवं कास्य लाई २० हजार दिने घोषण गरेका छन् ।

यसैबीच नेपाल शारिरिक सुगठन फिटनेस संघले यहि श्रावण ३१ देखि भाद्र १ गते सम्म बडी विल्डीङ एन्ड फिजिक स्पोटर्स एशोसिएशन’को आयोजनामा बैंककमा हुने एशिया प्याशिफिक बडी विल्डीङ च्याम्पियनसिप २०१९ मा भाग लिन नेपालको तर्फबाट हालै बिजेता भएका ३ जना खेलाडि र एक जना अफिसियललाई पठाउने भएको छ ।

साथै भाद्र २६ देखि असोज १ सम्म चीनको होटो सिटी इन्टर मंगोलियामा हुने ५३औं एशियन बडी विल्डीङ एन्ड फिजिक स्पोर्ट च्याम्पियनसिप २०१९ मा हुने शारीरिक सुगठन प्रतियोगितामा ३ पुरुष, स्पोर्टस फिजिक्स तथा महिला ऐथलेटिक्समा ४ जना र २ जना पुरुष ऐथलेटिक्स फिजिक्समा तथा २ जना अफिसियल र २ जना निर्णायकहरु गरी १३ जनाले सहभागिता जनाउने नेपाल शारीरिक सुगठन तथा फिटनेस् संघले जनाएको छ ।