देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

घुस सहित रंगेहात समातिए प्रहरीका दुई सई

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गौशलाबाट दुई जना नेपाल प्रहरीका नायव निरीक्षक ( सई) लाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रेशम पाण्डे र राजु स्वर्णकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

उनले भने ‘गौसाला आसपासबाट १८ हजार घुससहित दुई प्रहरीका असईलाई बुधबार साँझ समातेका छौं, केबेरपछि सबै डिटेल सार्वजनिक गर्नेछौं। पक्राउ परेका उनीहरुमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ।