देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्ने

देशान्तर

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । देशैभर आएको बाढी, पहिरोका कारण स्थगित भएको बैठक हिजोबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा गएको असार २२ गते नै प्रस्तुत भएको एजेण्डामाथि छलफल चलिरहेको छ । गएको असार २२ गते बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न १४ वटा एजेण्डा प्रस्तुत गरेका थिए । पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित रहने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा अन्तरिम संरचना कसरी बनाउने, पहिला कुन तहको संरचना निर्माण गर्ने, कुन समयमा बनाउने, निर्वाचन समितिलाई कसरी जिम्मा लाउने, त्यसको प्रगति के कसरी लिने भन्ने बारेमा नेताहरुले आआफ्नो धारणा राखीरहेका छन् ।

भदौ २४ गतेदेखि सुरु हुने भनिएको दोस्रो चरणको जागरण अभियान अगावै अन्तरिम संरचना निर्माण गरिसक्ने कांग्रेसले तयारी अघि बढाएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले पालैपालो अन्तरिम संरचना निर्माण र महाधिवेशनका बिषयमा नेताहरुले आफ्ना धारणा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।