उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि सिस्डोलको जग्गा अधिग्रहण गर्ने भएको छ । शुक्रबार सरोकोरवालाबीच भएको छलफलमा नुवाकोटको सिस्डोलमा फोहोर व्यवस्थापन हुँदै आएको क्षेत्रमा पर्ने स्थानीयवासीको जग्गा अधिग्रहण गर्ने सहमति भएको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार सरोकारवालाले आआफ्नो तर्फबाट तयारीलाई अगाडि बढाउने गरी छलफल टुंगिएको हो ।
छलफलमा काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय र सिस्डोलका स्थानीयवासीको सहभागिता थियो । सरकार र महानगरले दीर्घकालीन समाधान दिन नसक्दा सिस्डोलमा फोहोर भरिएर समस्या उत्पन्न भएको भन्दै स्थानीयले पटकपटक अवरोध गर्दा समस्या निम्तिने गरेको छ । सरकारले तीन वर्षका लागि भन्दै निर्माण गरेको ल्यान्डफिल साइटमा १४ वर्षदेखि फोहोर व्यवस्थापन हुँदै आएको छ ।
यता वर्षाका कारण उपत्यकाको फोहोर व्यवस्थापनसमेत प्रभावित बनेको छ । प्रवक्ता डंगोलले वर्षाका कारण केही स्थानमा पहिरोको समस्या देखिएकाले समस्या देखिएको भए तापनि फोहोर व्यवस्थापन नियमित नै भइरहेको बताए ।





प्रतिक्रिया